शैक्षिक स्तर वृद्धिका लागि आग्रामा अन्तर्क्रीया
आग्रा, असार १८ । सामुदायिक बिद्यालयको शैक्षिक स्तर वृद्धिका लागि आग्रामा सरोकारवालाहरुबिच अन्तर्क्रीया कार्यक्रम गरिएको छ । थाहा नगर पालिका ७ डांडांबासमा ७र ८ का ११ विद्यालयका प्र अ , बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष र जनप्रतिनिधि सहित शैक्षिक अन्तर्क्रीया सम्पन्न भएको स्थानीय शिक्षक नारायण बहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी बिरेन्द्र जंग थापाले शैक्षिक स्थिति सुधारका लागि शिक्षकको सबैभनदा ठुलो भुमीका हुने भएकाले जिम्मेवार बन्नुपर्नेमा जोड दिए । स्थानीयसंग नियमित अन्तर्क्रीया पनि आवश्यक हुने उनले बताए ।
कार्यक्रममा स जि सि अ हुमनाथ शर्मा, सा अ मोती प्रसाद भट्टराई , श्रोतब्यक्ती रामकुमार ठाकुर र आ रा मा बि हेटौंडाको प्र अ ऋषिराम पोख्रेल लगायतको सहभागिता थियो । चन्द्रबहादुर थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन नारायण बहादुर कार्कीले गरेका थिए ।
१८ असार २०७४, आइतवार ०४:०९ बजे प्रकाशित














