जनपक्षिय पत्रकारिताको खाँचो

काठमाण्डौँ । सरोकारवालाहरुले जनपक्षिय पत्रकारिताको खाँचो औँल्याएका छन् । प्रेस सेन्टर नेपाल सञ्चार राष्ट्रिय प्रतिष्ठानले दशैँ, तिहार, नेपाल संवत र छठको अवशरमा राजधानीमा गरेको शुभकामना आदनप्रदान कार्यक्रममा क्रान्तीकारी पत्रकारहरुले जनपक्षिय पत्रकारितामा थप जोड दिएर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याएका छन् । प्रेस सेन्टर नेपालका अध्यक्षमा महेश्वर दाहालले जनपक्षिय पत्रकारका अग्रज शक्ति लम्साललाई सम्झदै भने “अहिलेको पत्रकारिताको परिवेश नै फरक भैसक्यो अब पत्रकारहरुले श्रमजिवि पत्रकारहरुको मात्र नभएर उत्पिडित बर्ग, क्षेत्र र समूदायको म्द्धा उठाउनुपर्छ ।” उनले संघियता, गणतन्त्र र धर्म निरपेक्षता माओवादीको एजेण्डा भएको र त्यो स्थापित भैसकेको भन्दै अब संस्थागत गर्नेतर्फ सबै एकज्ट हुन आवश्यक रहेकोमा जोड दिए । प्रेस सेन्टर नेपाल सञ्चार राष्ट्रिय प्रतिष्ठानलाई नयाँ योजनाहरु ल्याउन आग्रह गर्दै दाहालले त्यसमा पुर्ण सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।
प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले प्रतिष्ठान साखाहरु बिस्तारलाई तिव्रता दिनेगरी योजनाबद्ध ढङ्गले अघि बढ्न राष्ट्रिय प्रतिष्ठानलाई सुझाव दिए । उनले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन र जनपक्षिय पत्रकारिता ठुला मिडियामा पनि स्थापित गर्नेगरी अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याए । प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटाले सञ्चार क्षेत्रका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुद्धाहरु छिट्टै सार्वजनिक गरिने प्रतिवद्धता ब्यक्त गरे । सञ्चार राष्ट्रिय प्रतिष्ठानकी अध्यक्ष सुमिता लामाले जनयुद्धमा घाईते भ्एका परिवारका सदस्य तथा पत्रकारलाई राष्ट्रिय सञ्चार संस्थामा सहभागिता स्निश्चित गराउन पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन । रेडियो, टेलिभिजन र अनलाईन तथा छापा माध्यममा कार्यरत क्रान्तीकारी पत्रकारह्रलाई एकताबद्ध गर्ने काम सुरु भैसकेको जानकारी दिइन । कार्यक्रममा प्रतिष्ठानमा थपिएका कार्यसमिति सदस्यहरुको नामावली बाचन गरेर सुुनाइएको छ । यसअघि सोमवार राजधानिमा बसेको प्रतिष्ठानको बैठकले कार्यसमितिलाई पूर्णता दिएको थियो ।

१८ असोज २०७३, मंगलवार ०६:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु