सञ्चार राष्ट्रिय पतिष्ठानले पूर्णता पायो
काठमाण्डौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सञ्चार राष्ट्रिय प्रतिष्ठानले बाँकी कार्यसमितिलाई पूर्णता दिएको छ ।
प्रतिष्ठानको सोमबार राजधानीमा बसेको बैठकले यहि असोज १२ गते सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले पूर्णता दिन बाँकी पदाधिकारी तथा कार्यसमितिलाई पूर्णता दिएको हो ।
प्रतिष्ठानले पूर्णता पाएसँगै २८ सदस्यीय समिति बनेको छ ।
बैठकले बाँकी कार्यसमितिलाई पूर्णता दिएसँगै प्रतिष्ठानको अध्यक्षमा सुमिता लामा, वरिष्ठ उपाध्यक्षमा बुद्ध लोप्चन, खुला उपाध्यक्षमा रघुनाथ बजगाँई, समावेशी उपाध्यक्षमा ललित श्रेष्ठ र सचिवमा बीरेन्द्र ओली चयन भएका छन् ।
प्रतिष्ठानको खुला सहसचिवमा दिलिप शर्मा, डिल्ली भट्टराई र शम्भु प्रसाई चयन भएका छन् भने जनजाति सहसचिवमा अर्जुन पाख्रिन, दलित सह–सचिवमा लक्ष्मण दर्नाल, मधेसी सहसचिवमा बिजयकुमार यादव र महिला सहसचिवमाल मनिका खतिवडा चयन भएका छन् । प्रतिष्ठानको कोषाध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् ।
बैठकले बाँकी सदस्य समेतलाई पूर्णता दिई सदस्यहरुमा शिवा तामाङ, एलु जोशी, भेषराज बेल्वासे, सुशील दर्नाल, राजाराम न्यौपाने, विनोद श्रेष्ठ, छवि सापकोटा, टीकाराम तामाङ, पार्वती खड्का, टीका गुर्वाचन, निशा सिग्देल, बबिता घिसिङ, सञ्जीव घिमिरे र दिल निशानी मगरलाई चयन गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुमिता लामालाई रेडियो विभाग, वरिष्ठ उपाध्यक्ष बुद्ध लोप्चनलाई अनलाइन विभाग, सचिव बीरेन्द्र ओलीलाई पत्रपत्रिका ९छापा० विभाग र सहसचिव मनिका खतिवडालाई टेलिभिजन विभागको जिम्मेवारी दिइएको छ ।
१८ असोज २०७३, मंगलवार ००:५३ बजे प्रकाशित