सुन्य हुँदैछ राजधानी
आयो दशैँ बर्षदिन बिताई फेरी आगनीमा
हट्यो बादल गगनमा हेर चम्केको चाँदनीमा
फुले फुलबारीमा हेर मखमली सयपत्र
बोकी ल्यायो दशैँले सबमा खुशी सारा बिचित्र ।।
डुलेका छन भमर भुनुनु फुलबारी सारा
चम्केको छ खुशिले सबको चन्द्रमा झै मुहार
फर्किदैछन परदेशीहरु सम्झेर गाउँघर
सुन्य हुँदैछ बिस्तार हेर राजधानी सहर ।।
– निरज थापा रामेछाप
१२ असोज २०७३, बुधवार १५:५७ बजे प्रकाशित