उद्योग क्षेत्रमा नयाँ नीति आबश्यक छ : जोशी
रामेछाप मन्थली । नेपाल उद्योग बाणिज्य माहासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले उद्योग क्षेत्रमा नयाँ नीतिको आबश्यक रहेको बताएका छन् । निरन्तर ब्यबसायमा लाग्ने ब्यबसायिले एक दिन अबश्य सफलता प्राप्त गर्ने भन्दै उहाँले नेपालका उद्योगीहरु गरिखाने बर्ग भएकाले सदैब पेशा ब्यबसायमा क्रियाशिल रहेको बताए। नेपालको संबिधानमा उद्योग क्षेत्रका कुरा राखेर बिकासको बाटो खुला गर्न आफूहरुले आग्रह गरेको जानकारी गराउँदै जोशीले उद्योग क्षेत्रको बिकास भए मात्रै समग्र मुलुकको बिकास हुने बताए। रामेछाप उद्योग बाणिज्य संघले आज सदरमुकाम मन्थलीमा गरेको आफ्नो १०औँ साधारण सभामा उहाँले नेपालको उद्योग नीति छरपष्ट रहेकोले यसलाई नीतगत रुपमा सुधार गर्न सके नेपालको उद्योग क्षेत्रले बिश्व सामु प्रतिस्पर्धा गर्न सक्ने धारणा राखे । उद्योगीहरु गरिखाने बर्ग भएको दोहो¥याउँदै उहाँले सरकारले गरिखाने बाताबरण बनाईदिनुपर्ने बताए ।
९ असोज २०७३, आइतवार १२:०० बजे प्रकाशित