नेपाली जनजिविकादेखि राजनीतिसम्मको ‘पुस्तक’ सार्वजनिक
काठमाडौँ – नेपालमा प्रजातन्त्रको स्थापना र अभ्यासका क्रममा भएका सम्पूर्ण गतिविधि समेटिएको पुस्तक सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो । खासगरी प्रजातन्त्र आएपछि पनि जनतामा नआएको विकास र समृद्धिमा पूस्तकको धेरै अंश जानकार छ । मुकुल शर्माद्धारा लिखित ‘टाउन हल ः आन्सर्स टु नेपाली डेमोक्रेटिक च्यालेञ्ज’ विषयमा छ ।
बुधबार आयोजित कार्यक्रममा उपसभामुख गंगा प्रसाद यादवले सो पुस्तकको विमोचन गरेका हुन । एसिया फाउण्डेसन, एनडिआई र युएसएआइडीको सहयोगमा सामुदायिक सारथी संस्थाले पुस्तक प्रकाशनमा ल्याएको संस्थाका अध्यक्ष तारा प्रसाद भण्डारीले बताए । झण्डै पाचँ बर्ष लगाएर देशका विभिन्न ठाउँमा टाउल हल कार्यक्रममार्फत झण्डै ५० हजार मानिसलाई सहभागी गराएर राज्यका विभिन्न ऐन, नियम र कानुनका विषयमा छलफल गरिएको कुराको सार पुस्तकमा समेटिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनीधि, सरोकारवाला, सांसद र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
५ असोज २०७३, बुधवार १६:१२ बजे प्रकाशित