राजधानीमा साझाका थप ३० वटा नयाँ बस
काठमाडौ। साझा यातायातले राजधानीमा थप ३० वटा नयाँ बस थप्ने भएको छ । बस भित्र्याउन साझालाई काठमाडौं महानगरपालिकाले आइतबार ८ करोड रुपैयाँ निकासा दिएको छ । नयाँ बसहरु अपाङ्गमैत्री हुनेछन । ति बसहरु साउनदेखि सञ्चालनमा आउने जनाइएको छ । बस किन्न आवश्यक सबै रकम प्राप्त भएकाले अब एक हप्ताभित्रै एलसी खोलिने साझा यातायातका कायम÷मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । अनलाइनखबरसँग बताए ।
२९ चैत २०७२, सोमवार ०४:५५ बजे प्रकाशित