पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की
काठमाडौ। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सुशीला कार्कीलाई सिफारिस भ्एको छ । आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । आउँदो मंगलबारबाट प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास पाउँदैछन । श्रेष्ठपछि वरिष्ठतमका आधारमा कार्कीले जिम्मेवारी पाउने भएकी हुन । कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुने भएकी छिन । नयाँ संविधान अनुसार सिफारिस भएपछि संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसदीय सुनुवाइपछि कार्कीलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
कार्की २०३५ सालमा न्याय सेवा प्रवेश गरेकी थिइन । २०४५ देखि २०४७ सम्म अञ्चल अदालतमा बार अध्यक्ष रहेकी कार्की ५९ देखि ६१ सम्म पुनरावेदन अदालतमा बार अध्यक्ष भएकी थिइन । कार्की २०६७ मंसिर ८ गतेबाट सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त भएकी थिएन ।
२९ चैत २०७२, सोमवार ०४:४७ बजे प्रकाशित