विभाजित अभिभावक संघ एक भई महासघं बन्ने
काठमाडौँ, २३ चैत । अभिभावक सघं नेपाल र नेपाल राष्ट्रिय अभिभावक सघंबीच एकता भई अभिभावक महासघं बन्ने भएको छ । दुई सघंका अध्यक्ष क्रमशः सुप्रभात भण्डारी र धर्मदत्त देवकोटाको संयोजनमा आज बसेको संयुक्त बैठकले अविलम्ब महासङ्घ स्थापना गर्ने सहमति भएको हो । महासघं गठनका लागि आउँदो जेठ २२ र २३ गते काठमाडौँमा बृहत् राष्ट्रिय सम्मेलन हुनेछ । सङ्गठनात्मक व्यवस्थापन र एकीकरणको प्रस्ताव तयार गर्न देवकोटा, भण्डारी, सरिता अर्याल, कोषबहादुर जिसी, रामप्रसाद न्यौपाने र सुवास भण्डारी रहेको कार्यदल गठन गरिएको छ । यस्तै विधान परिमार्जन गर्न पनि कार्यदल गठन गरिएको छ । संयुक्त बैठकले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड तथा कार्यविधि कार्यान्वयनको सुनिश्चित वातावरण बनाउन र समयमा पाठ्यपुस्तक उपलब्ध गराउन जोडदार मागसमेत गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
२३ चैत २०७२, मंगलवार १५:३६ बजे प्रकाशित