विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा हेडमास्टर विरुद्ध मुद्दा

रामेछाप, २३ चैत । बेतालीस्थित तामाकोशी जनजागृति उच्च माविका प्रध्यानध्यापक गोविन्द खत्री माथि विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाएका छन । खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । खत्रीमाथि आफ्नै विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकालाई बलात्कार गरेको आरोप लागेको हो । १५ बर्षकी छात्रालाई गएकोे शुक्रबार साँझ विद्यालय नजिकैको खोल्सीमा लगेर बलात्कार गरेको अभियोग लगाइएको छ । प्रहरीले आरोपी खत्रीको खोजी सुरु गरेको र आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

२३ चैत २०७२, मंगलवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु