एमाले पोलिटब्यूरो बैठकमा अध्यक्ष ओली र पोखरेलको प्रतिबेदन पेश

f88386db13d1fa06f286fd525e2f8219_Lकाठमाडा, २३ चैत । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिब ईश्वर पोखरेलले प्रतिबेदन पेश गरेका छन । केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा समसामयिक राजनीति, सरकारको कामकारबाही, चीन भ्रमणको समीक्षा लगायत बिषय समेटिएका छन ।  अध्यक्ष र महासचिबको प्रतिबेदनमाथि भोलि मध्यान्ह १२ बजे बस्ने बैठकमा छलफल शुरु हुनेछ । आजै बसेको सचिबालय बैठकले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयन विवाद टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदललाई थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिइएको छ ।
कार्यदलले सम्बन्धित विभागका प्रमुख र उप–प्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफल पछि विवाद टुङ्गो लगाउनेछ ।

२३ चैत २०७२, मंगलवार १५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु