नेपाललाई चिढाउने पक्षमा छैनौँ : इयूका राजदूतहरु

काठमाडा, २३ चैत ।  उप–प्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र काठमाडौंस्थिति यूरोपेली यूनियन (इयू) का राजदूतहरुबीच भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री थापाले इयू र भारतले जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा चासो राखेका थिए । जवाफमा इयूका राजदूतहरुले नेपालको संविधानका विषयमा आफूहरुको पहिलेदेखि नै सकारात्मक धारणा रहेको जवाफ दिएका बताइएको छ ।  इयूका दूत रिन्छे टेरिन्कको नेतृत्वमा बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली देशका राजदूतहरुले परराष्ट्रमन्त्री थापासंग भेटघाट गरेका हुन ।  परराष्ट्र मन्त्रालयले भने नियमित भेटघाट भएको जनाएको छ ।

२३ चैत २०७२, मंगलवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु