सद्भाव साइकल र्यालीको उद्घाटन

लुम्बिनी, २३ चैत् । पूर्व राष्ट्रपति रामवरण यादवले लुम्बिनीको शान्तिद्विप अगाडीवाट सद्भाव साईकल र्यालीको उद्घाटन गरेका छन् ।
विश्वसाइकल यात्री पुष्कर शाहलाई नेपालको झण्डा र सद्भावको झण्डा हस्तान्तरण गरी औपचारीक रुपमा सुरुवात भएको र्याली लुम्बिनीको मायादेवी मन्दिरदेखी भैरहवा स्थित सिद्धार्थ स्टेडीयममा पुगेर सकिएको छ ।
खेल मार्फत नेपाली जनताहरु बिच राष्ट्रिय सद्भाव अभिबृद्धी गरी मुलुकमा शान्ति, समृद्धी र विकासको मार्गमा अघि बढ्न सकिन्छ भन्ने बिश्वास सहित सबैलाई सम्मान गरौं, सबैलाई बिश्वास गरौं भन्ने मुल भाव बोकेर सद्भाव साइकल र्यालीमा प्रेमबहादुर थापा प्रथम, जीवन ज्ञवाली द्वितिय र नागेन्द्र सहनी तृतिय भए ।
बिजयी साईकल यात्रीहरु क्रमस पहिलो भएका थापालाई .१०,००० , भएका ज्ञवालीलाई ५,००० र तेश्रो भएका सहनीलाई ३,००० पुरस्कार पैदान गरियो ।

२३ चैत २०७२, मंगलवार ०५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु