प्रहरीसँग झडप हुँदा मातृका यादवको अण्डकोषमा गम्भीर चोट, जनकपुरमा उपचार हुन सकेन

आमहड्तालका क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् ।

आमहड्ताल सफल गराउन बजार बन्द गराउने क्रममा जनकपुरस्थित शीवचोकमा प्रहरी र यादव समूहबीच झडप भएको थियो ।

झडपका क्रममा पूर्वमन्त्री यादवको अण्डकोषमा चोट लागेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि यादवलाई काठमाडौं पठाइएको छ ।

नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चोट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको अस्पतालका मेसु डा. यादवले बताए ।

२२ माघ २०७७, बिहीवार २२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु