राति बैतडीमा बस सडकबाट खस्यो, ८ जनाको मृत्यु, ४० भन्दा धेरै यात्रु घाइते

बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ४० भन्दा धेरै यात्रु घाइते भएका छन्।

बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘बस सडकभन्दा झण्डै ६ सय मिटर तल खसेको हो,’ घटनास्थलबाट डीएसपी अधिकारीले भने।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राति साढे १० बजेतिर दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसमा ४९ यात्रु थिए। मृतक र घाइतेको पहिचान भइससकेको छैन।

साथै दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको डीएसपी अधिकारीले बताए।

२८ कात्तिक २०७७, शुक्रवार ०५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु