मिश्रका कारण बास्कोटा माथिको छानविन रोकियो : अख्तियार

विजयप्रकाश मिश्रका कारण ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भनिएको ७० करोड कमिसनको डिल प्रकरण’माथिको छानविन रोकिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले संसदको सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ ।

पूसञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन डिल गरिरहेको अडियो सार्बजनिक भएपछि त्यसमाथि समितिमा छलफल गर्दै ०७६ फागुन ३० गते लेखा समितिले अख्तियारलाई अनुसन्धान गर्न पत्र काटेको थियो ।

अख्तियारमा पनि उजुरी परेको थियो । अख्तियारले छानविन सुरु गर्यो ।
तर, समय लगाएको भन्दै लेखा समितिले ८ असोज ०७७ मा अख्तियार पत्राचार गर्दै ‘सेक्युरिटी प्रेस खरिदको छानबिन कहाँ पुग्यो रु भनेर सोधेको थियो । त्यसको जवाफ आएको समिति सभापति भरत शाहले जानकारी दिए ।

सभापति शाहका अनुसार पत्रमा अख्तियारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको टेप प्रकरणबारे छानविन भइरहेको उल्लेख छ । विजय मिश्रको नाम नै उल्लेख गरेर उनकै कारण छानविन रोकिएको पनि अख्तियारले लेखा समितिलाई लेखेको पत्रमा उल्लेख छ ।

‘बयान सबै लिइसकेका छौं, विजय मिरु नआएका कारण छानिविन रोकिएको कुरा अख्तियारको पत्रमा उल्लेख छ’ सभापति शाहले भने ।
१७ भदौमा अख्तियारले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो । तर, हालसम्म मिश्र अख्तियारमा हाजिर हुन गएका छैनन् ।
बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्र अख्तियारमा हाजिर नभएकै कारण छानविन रोकिएको भनेर अख्तियारले लेखा समितिलाई जवाफ पठाएको हो ।

मिश्र हाल जापान रहेको पनि बताइएको छ । उनै मिश्रले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै अडियो टेप सार्वजनिक गराएका थिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको मोलमोलाइ भएको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले राजीनामा दिएका थिए ।

अडियो टेप प्रकरणबारे अख्तियारले दिएको जवाफी पत्रका सम्बन्धमा जतिसक्दो छिटो समितिमा छलफल चलाएर अख्तियारलाई पुनः ताकेता गरिने सभापति शाहले बताएका छन् ।

५ कात्तिक २०७७, बुधवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु