ओली–प्रचण्ड छलफल सकियो, शनिबार ४ बजे सचिवालय बैठक

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।

‘दुई अध्यक्षबीच आज भएको छलफलमा भोलि शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने समति भएको छ’, कुरा गर्दै सापकोटाले भने।

राजदूत लगायतका राजनीतिक नियुक्ति प्राधनमन्त्री ओलीले एकलौटी रुपमा गरेको सचिवालय सदस्यहरुले नै उनको आलोचना गर्न थालेपछि बैठक बालोइएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो।

पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन्।

१६ असोज २०७७, शुक्रवार १३:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु