दसैं तिहारका लागि काठमाडौंका १० ठाउँमा ‘सस्तो पसल’ (लोकेशनसहित)

साल्ट ट्रेडिङ कर्पोरेशन प्रालि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न सहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेका छन्।

तीन संस्थाले दशैँतिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यन्न उपलब्ध गराउन पसल सुरु गरेको बताएका छन्।

ती संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

उनका अनुसार प्रत्येक खाद्यान्नमा प्रतिकिलो झण्डै पाँच रुपैयाँसम्म छुट दिइएको छ। उनले भने ‘हामीले चामल, सिमी, फापरलगायतका सबै खाद्यान्नमा छुट गरेका छौँ, साल्ट ट्रेडिङ र डिडिसीले पनि छुट गरेका छन्।’

नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट बचेर सामान खरीदबिक्री गर्ने व्यवस्था मिलाइएको खनालले जानकारी दिए।

सबै स्थानमा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। उनले भने ‘उपभोक्ता आफैँ पनि सजग हुन खाँचो छ।’

कम्पनीले यस वर्ष सहुलियत पसल सञ्चालन गर्दा झण्डै रु २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ।

गत आवमा १७ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो।

कोरोनाको रोकथामका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै कम्पनीले ‘होम डेलिभरी’ समेत सुरु गरेको छ। सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्ष्य गरेर ‘होम डेलिभरी’ शुरु गरिएको हो।

उपत्यका बाहिर ४९ स्थानमा पसल सञ्चालित छ। यी स्थानमा तीनै संस्थाले आआफ्ना सामानको फरकफरक कक्ष राखेका छन्। यी संस्थाले विगत वर्षदेखि नै चाडपर्वलाई लक्ष्य गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएका छन्।

खाद्य कम्पनीले थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्यका पसल सञ्चालन भएका छन्।

साल्ट ट्रडिङले ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टरबाट सुपथ मूल्य पसल सञ्चालन भएका छन्।

१६ असोज २०७७, शुक्रवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु