अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुंगियो
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णय, सचिवालयमा प्राप्त सुझाव र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग परामर्शअनुसार मन्त्रिपरिषदमा रिक्त सदस्यसहित ६ जना मन्त्री थप गर्ने गरी गृहकार्य अन्तिम चरणमा पुर्याएका हुन् ।
ओलीले अर्थमन्त्रीको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिने भएका छन् ।
प्रधानमन्त्री ओलीले हालका सवै मन्त्रीलाई यथावत राखेर अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी बिकाश मन्त्रालयमा तीन र अन्य केही मन्त्रालय बिभाजन गरी ६ जना मन्त्रीलाई थप गरी मन्त्रिपरिषद पुनर्गठनको योजना बनाएका छन् ।
प्रधानमन्त्रीको यो योजनालाई अर्का अध्यक्ष प्रचण्डले अस्विकार गर्दै आएका छन् ।
१५ असोज २०७७, बिहीवार १८:१७ बजे प्रकाशित





