सरकारलाई मन्त्रालय नफुटाउन कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भइरहेको भन्दै नेता पौडेलले आज चेतावनी दिएका हुन् ।

नेता पौडेलले आज ट्वीट गर्दै कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भइसकेको छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा कांग्रेस उत्रिने बताए ।

उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम भइरहेको पनि बताए ।

१५ असोज २०७७, बिहीवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु