राष्ट्रपतिले गरिन् तीन अध्यादेश जारी

 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन, अध्यादेश २०७७ जारी गरेकी हुन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्नेलगायत अन्य कडा प्रावधान राखिएको छ ।

त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।

१२ असोज २०७७, सोमवार १४:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु