महिला साम्सदहरु भन्छन-बलात्कारीलाई कि फाँसी, कि मिर्त्युदन्ड, कि लिंग छेदन, कि नपुंसक बनाउने गरि कानुन बनाउ

पछिल्लो समय बलात्कार र हत्याका घटनाबारे सबै दलमा आबद्ध महिला माननीयहरू दुवै सदनबीच छलफल भइरहेको छ।
छलफल पुस्पा भुसाल, प्रमिला यादब, शान्ता चौधरी, शान्ति माया पाख्रीन, लक्षमी चौधरी लगायतले १६ बर्ष मुनिकालाई बलात्कार गर्नेलाई कि मिर्त्यु दन्ड, कि फाँसी, कि नपुंसक बनाउनुपर्ने र सोही अनुसार कानुन बनाउनुपर्ने र संविधान र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने बताएका छन ।
पुस्पा भुसालले १६ बर्ष मुनिकालाई बलात्कार गर्नेलाई मिर्त्यु दण्ड दिने गरि कानुन बनाउनु पर्ने भनेर सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरिन । शान्ता चौधरीले नेपालको सन्दर्भमा मिर्त्यु दण्ड, नपुंसक, लिंग छेदक गर्ने कस्तो खालको कानुन बनाउन उपयुक्त हुन्छ त्यसबारे छलफल गर्नुपर्ने बताइन ।
शान्ति माया पाखृनले २१ बर्ष मुनिकालाई बलात्कार गरे फाँसी हुने कानुन चाहिने बताइन् । बिमला राई पौड्यालले जनप्रतिनिधिले मिलापत्र गराउदा धेरै घटना बाहिर नआएको बताइन । कोमल ओलीले गत बैशाख ढ गते रुपन्देहीमा १३ बर्सिय बालिकालाई २६ बर्सिय पुरुषले बलात्कार गरेको तर वडाअध्यछ्यले बिहे गर्ने गरि मिलापत्र गराइदिएको र बिहे गरेर गएको दुई दिन पछि बालिकाले आत्महत्या गरेको सुनाइन् ।
छलफल जारी छ् । छलफलमा करिब ३० जना छन स्थान- पूर्वमाओवादीको संसदीय दलको कार्यालय संसद भवन २
१२ असोज २०७७, सोमवार १४:२९ बजे प्रकाशित