यी हुन मन्त्रिपरिषद्का २२ निर्णय (सूचीसहित)

सरकारले गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक गरेका हुन्।

हेर्नुस् यस्ता छन् निर्णय 

 

2077 साल भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

 

 

क्र.सं. मन्त्रालय निर्णयको संक्षिप्त व्यहोरा
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा श्री ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने।
२. अर्थमन्त्रालय कृषि विकासका लागि अन्तर्राष्ट्रियकोष (IFAD) बाट करिब ११ अर्ब ६५ करोड बराबरको सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने।
३. उद्योग, वाणिज्यतथाआपूर्तिमन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको समेत काम गर्ने गरी तोक्ने।
४. उद्योग, वाणिज्यतथाआपूर्तिमन्त्रालय विद्युतीय माध्यम द्बारा सञ्चालन गरिने व्यापार (ई-बिजिनेस) सम्बन्धी विधेयक तर्जुमागर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
५. कृषितथापशुपन्छीविकासमन्त्रालय प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरूको प्राविधिक कार्यसञ्चालन प्रक्रिया, रिपोर्टिङ्ग

तथातथ्याङ्क व्यवस्थापनका शर्तहरू पारित गर्ने।

६. परराष्ट्रमन्त्रालय श्रीलंका द्वारा आयोजना गरिने २१ औं बिमस्टेक Senior Officials’ Meeting मा नेपालको तर्फबाट सहभागी हुन

परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल गठनगर्ने।

७. परराष्ट्रमन्त्रालय नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्ने सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठनगर्ने।
८. भौतिकपूर्वाधारतथायातायातमन्त्रालय सडक डिभिजन, चन्द्रनिगाहपुर रौतहटको कार्यक्षेत्रभित्र सर्लाही जिल्लाको एकादशीखोलामा निर्माण भइरहेको पुलको एप्रोचसडक

(पहुँचमार्ग) मा पर्ने कुल एघार घर टहराहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दिने र सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारबाईचलाउनेअधिकारी तोक्न स्वीकृति प्रदान गर्ने।

९. भौतिकपूर्वाधारतथायातायातमन्त्रालय त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्गअध्ययन संस्थान, पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरलाई बि.ई.

एरोस्पेशमा नयाँ थप कार्यक्रम अध्ययनअध्यापन गराउनअस्थायी स्वीकृतिप्र दान गर्ने।

१०. रक्षामन्त्रालय नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमारअधिकारी समेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने र महासेनानी दिपेशजंग शाह समेत 12 महासेनानीहरूको सरुवा गर्ने।
११. रक्षामन्त्रालय नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने।
१२. वनतथावातावरणमन्त्रालय आ.व. 077/78 का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु का लागि राजपत्रांकित श्रेणीको ४५अस्थायी दरबन्दी सिर्जना गर्ने ।
१३. वनतथावातावरणमन्त्रालय माई बेनी जलविद्युत आयोजना (९.५१मे.वा.) को हेडरेस, सेटलिङ बेसिनर पेनस्टक लगायतका

संरचनाहरु निर्माण गर्न इलाम नगरपालिका-६स्थित राष्ट्रियवन क्षेत्रको ४.७७ हेक्टर जग्गा

३० वर्ष सम्म प्रयोग गर्न स्वीकृति दिने।

१४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

 

उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र (NO Objection Certificate-NOC ) जारी गर्ने कार्यपुन:  सुचारू गर्ने।
१५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

 

शिक्षा तथा मानव स्रोत विकासकेन्द्र (विद्यार्थी वित्तीय सहयोग कार्यक्रम) मा आ.व. ०७७/०७८मिति२०७७/४/१ देखि मिति२०७७/९/१६तदनुसार ३१डिसेम्बर२०२० सम्मका लागि अधिकृत स्तरका ३ अस्थायी पदको दरबन्दी सिर्जना गर्ने।
१६. सङ्घीयमामिलातथासामान्यप्रशासनमन्त्रालय सर्वोच्च अदालत र मातहतका उच्च अदालतहरू को संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने।
१७. सङ्घीयमामिलातथासामान्यप्रशासनमन्त्रालय नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथमश्रेणीका सहसचिव श्री उदयबहादुर रानामगर र सहसचिव

श्री नवराज ढकाल लाई परराष्ट्रमन्त्रालय वा अन्तर्गत सरुवा गर्ने।

१८. सहरीविकासमन्त्रालय गृह मन्त्रालयको उत्तरपश्चिममा रहेको खाली जग्गामा सिंहदरबारको सीमा पर्खालबाट न्युनतम १० मिटर

चौडाइको ग्रिनबेल्ट कायम गर्नेगरी ४३ रोपनी ६ आना जग्गा चण्डीदल गणलाई उपलब्ध गराउने।

१९. स्वास्थ्यतथाजनसङ्ख्यामन्त्रालय लोकसेवा आयोगबाट सिफारिस भएका  देहायका व्यक्तिहरूलाई नेपाल स्वास्थ्य सेवाको एघारौं तहको पदमा नियुक्त गर्ने-

1. डा.रश्मि शर्मा,

2. डा.वर्षा थापा

3. श्री लिली श्रेष्ठ

२०. स्वास्थ्यतथाजनसङ्ख्यामन्त्रालय विश्व स्वास्थ्य संगठन (WHO) दक्षिणपूर्वी-एसिया क्षेत्रीय समितिको ७३ औ बैठक (Virtual Session) मा सहभागी हुन माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको नेतृत्वमा अन्य २ जना लाई सहभागी हुन स्वीकृति दिने।
२१. स्वास्थ्यतथाजनसङ्ख्यामन्त्रालय नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, एघारौं तह, प्रमुखऔषधि व्यवस्थापक पदमा श्री भरत भ ट्टराई लाई बढुवा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा

अन्तर्गत पद स्थापन गर्ने।

२२. गृह मन्त्रालय नेपाल चेम्बर अफ कमर्सको (सातौंसंशोधन) विधान, २०७७स्वीकृत गर्ने।

 

११ भदौ २०७७, बिहीवार २१:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु