पोर्न भिडियो सेयर गरेका कारण मकाउमा पक्राउ परेका ११ नेपाली छुटे

मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा पक्राउ परेका ११ जना नेपाली सेक्युरिटी गार्ड बिहीबार तारेखमा छुटेका छन्।
एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो भिडियो आफ्ना साथी र अरुलाई पनि मोबाइलबाट सेयर गरेको आरोपमा सोमबार उनीहरूलाई प्रहरीले पक्राउ गरी छानविन गरेको थियो।
मकाउ प्रहरीका अनुसार छानविनको क्रममा उनीहरूले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेपनि पैसा कमाउने उद्देश्यले त्यस्तो अपराध नगरेको बयान दिएका थिए।
११ भदौ २०७७, बिहीवार २२:२१ बजे प्रकाशित