एसिड आक्रमणका पीडितको उपचार सरकारले निशुल्क गर्ने
 
			सरकारले एसिड आक्रमणका घटनाबाट पीडितको उपचार निशुल्क गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिभिन्न स्वास्थ्य संस्थालाई पत्र लेखेर एसिड आक्रमणका घटनाबाट पीडितको उपचार निशुल्क गर्ने व्यवस्था मिलाउन भनेको छ ।
ति स्वास्थ्य संस्थाहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल लगनखेल रहेका छन् ।
यस्तै, कोशी अस्पताल, नारायणी अस्पताल,भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, गजेन्द्र नरायण सिंह सगरमाथा अस्पताल सप्तरी, कान्ति बाल अस्पताल, परोपकार प्रशुति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुनेछ
३ भदौ २०७७, बुधवार १२:२६ बजे प्रकाशित
 
						 




