कविता : कोरोना भाइरस
राजनितीमै बहस होइन आफ्नु देशको हेर गति
भुकम्पले भन्दा बढि देला भाइरसले क्षति
भुकम्पले नेपाललाई मात्रै ठक्कर दियो
कोरोनाले त विश्व पुरै हल्लाइ दियो
ठूला विकसित देशले विकल्प खोजि गर्छ
हाम्रो सानो देशमा जनता त्यसै मर्छ
नियमित रुघा खोकी १०४ आए ज्वरो
फोक्सो समाति सास फेर्न पार्छ गार्यो
रोगप्रतिरोधात्मक क्षमता बढ्ने खानेकुरा खानुपर्छ
हल्का संका लाग्ना साथै अस्पतालतिर जानुपर्छ
३० असार २०७७, मंगलवार ०१:१७ बजे प्रकाशित













