भाषाशास्त्री राईलाई ५५ हजार रुपैयाँको पुरस्कार
भाषाशास्त्री ईश्वरकुमार राईलाई यो वर्षको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि ५५ हजार २ सय ९२ रुपैयाँ छ ।
बान्तावा राई भाषाको पत्रिका ‘बुङ्वाखा’ फूलबारी मासिकले उक्त पुरस्कारको घोषणा गरेको हो ।
भोजपुरको टेम्के–मैयुङ गाउापालिका–८ गोगनेका राईले ‘बान्तावा भाषाको समाजभाषावैज्ञानिक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका छन् ।
त्यसै गरी इटहरीमा बसोबास गर्दै आएका मित्रप्रसाद राईलाई ५० हजार रुपैयाा राशिको ‘बुङ्वाखा–युके सायाचोङमा पुरस्कार’, गायक विशाल राईलाई ४० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कार’ दिइने भएको छ ।
यस्तै सुनसरीकी माया राईलाई १० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ र बान्तावा भाषाका कवि दधिराम राईलाई १० हजार रुपैयाँको ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ दिइने बुङ्वाखाका सम्पादक पदम राईले विज्ञप्तिमा जनाएका छन् ।
उक्त पुरस्कार बुङ्वाखाको १६औं वार्षिकोत्सवका अवसरमा इटहरीमा प्रदान गरिने जनाइएको छ ।
१७ चैत २०७७, मंगलवार ११:११ बजे प्रकाशित













