विहारमा मे १५ सम्म लकडाउन गर्ने घोषणा

मुख्यमन्त्री नितिश कुमारले ट्विटरमार्फत् मे १५ सम्मका लागि लकडाउन गर्ने घोषणा गरेका हुन् ।

भारतको विहारमा मंगलबारदेखि मे १५ सम्मका लागि लकडाउन गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि विहारमा लकडाउन गरिएको हो ।

सोमबार विभिन्न अधिकारी तथा मन्त्रीहरूसँग छलफल गरेपछि लकडाउन गर्ने घोषणा गरेको उनले बताए ।

विहार सरकारले संकट व्यवस्थापन समूहलाई लकडाउनमा गर्न पाइनेरनपाइने विषयहरूबारे निर्देशिका जारी गर्न निर्देशन दिइएको छ ।

पटना उच्च अदालतले पनि प्रदेश सरकारलाई लकडाउन गर्न आदेश दिएको थियो ।

विहारमा सोमबारमात्रै ११ हजार ४ सय ७ कोरोना संक्रमित थपिएका थिए। त्यस्तै ८२ जनाले ज्यान गुमाएका थिए।

विहारमा अहिले एक लाख बढी सक्रिय संक्रमित छन्। संक्रमितको संख्या भने पाँच लाख कटिसकेका छन् ।

२१ वैशाख २०७८, मंगलवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु