अमेरिकी प्रहरीको गोप्य सूचना लिक गरिदिने धम्की

अमेरिकी प्रहरीको गोप्य सूचना सार्वजनिक गरिदिने भन्दै ह्याकरबाट धम्की आएको छ ।
वाशिङ्टन डीसीस्थित महानगरीय प्रहरी विभागलाई ह्याकरको एक समूहले यस्तो धम्की दिएको हो ।
विभागले आफ्ना कम्प्युटर नेटवर्कमा साइबर हमला गर्ने उद्देश्यले ह्याकरहरुले छेडखानी गरेको जनाएको छ ।
विभागका अनुसार ‘बाबुक’ नामक र्यान्समवयर ग्रुपले यस्तो धम्की दिएका हुन् ।
उनीहरुले तीन दिनभित्र सम्पर्क नराखे प्रहरीका महत्वपूर्ण जानकारी तथा गोप्य विवरण सार्वजनिक गरिदिने धम्की दिइरहेका छन् ।
यो विषयमा हाल अमेरिकी अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार वाशिङटन डीसी प्रहरीले एक विज्ञप्ति जारी गरेर आफ्ना सर्भरमा कसैले अनधिकृत पहुँच पुर्याएको बताएको छ ।
उक्त विज्ञप्तिमा क्षतिको विषयमा कुनै जानकारी दिइएको छैन् ।
तर, विभागले हुनसक्ने क्षतिको विषयमा अध्ययन भइरहेको जनाएको छ ।
१५ वैशाख २०७८, बुधवार १६:०७ बजे प्रकाशित