स्क्रिनशटमा भएका कन्टेन्ट अब स्वतस् ट्रान्सलेट हुने

अब तपाईंले मोबाइलमा लिनुभएको स्क्रिनशटमा रहेका कन्टेन्ट गुगल लेन्सले स्वतस् ट्रान्स्लेट गर्ने भएको छ ।

यो सँगै तपाईंले अन्य कुनै भाषमा रहेको कन्टेन्टलाई स्क्रिनशट लिएर अन्य कुनै एप तथा लिंकको सहायताले नै उक्त स्क्रिनमा भएको कन्टेन्ट आफूलाई पायक पर्ने भाषामा ट्रान्स्लेट गर्न सक्नुहुनेछ ।

यो फिचरको विषयमा नाइ टु फाइभ गुगलले यसबारे जानकारी सार्वजनिक गरेको हो ।

यो नयाँ फिचर एन्ड्रोड ११ प्लसमा उपलब्ध हुनेछ ।

जसअन्तर्गत जब तपाईंले कुनै स्क्रिनशट लिएर त्यसमा क्लिक गर्नुहुन्छ, त्यहाँ ट्रान्सलेटको अप्सन देखा पर्नेछ ।

यो फिचरमार्फत सहजै आफूलाई पायक पर्ने भाषामा ट्रान्स्लेट गर्न सकिने जनाइएको छ ।

त्यसरी ट्रान्स्लेट गरिएको कन्टेन्ट तपाईंले कपी गर्न पनि सक्नुहनेछ ।

अथवा तपाईंले अफलाइनमा डाउनलोड गर्न तथा सामाजिक सञ्जालमा शेयर गर्नसमेत गर्न सकिने जनाइएको छ ।

१५ वैशाख २०७८, बुधवार १६:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु