चितवनमा पनि भोलिदेखि दुई साता निषेधाज्ञा

चितवनमा कोरोना संक्रमण रोकथामका लागि भोलिदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएको छ ।

बुधबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले भोलि राति १२ बजेदेखि ३१ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

चितवनमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । जिल्लामा हालसम्म सक्रिय संक्रमित संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

१५ वैशाख २०७८, बुधवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु