निषेधाज्ञामा पनि ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने

सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ निषेधाज्ञामा पनि प्रशारण हुने भएको छ ।
तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेकाले निषेधाज्ञामा पनि ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने भएको हो ।
“तीन हप्ताका लागि छायांकन भइसकेको छ ।
छ वटा श्रृंखला छायांकन भइसकेकाले निषेधाज्ञामा पनि सो प्रशारण हुने छ,” द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल भन्छन्, “अहिले सरकारले तोकेको समयसम्म मात्रै निषेधाज्ञा भयो भने त हामीलाई समस्या छैन ।
तर, निषेधाज्ञा लम्बिदै गयो भने चाहिँ के हुन्छ अहिले नै भन्न सकिँदैन ।”
यद्यपि प्रशारण नरोक्ने सोचमा निर्माण पक्ष रहेको उनले बताए ।
‘द भ्वाइस अफ नेपाल’ सिजन–३ अहिले ब्याटल राउन्डमा पुगेको छ ।
हालसम्म १२ भाग प्रशारण भइसकेको छ ।
१५ वैशाख २०७८, बुधवार १५:३८ बजे प्रकाशित