अब यी यी देशबाट उडान मार्फत आउन पाउनेछन् नेपालीहरु (नामसहित )
सरकारले विभिन्न देशबाट नेपाली नागरिक तथा नेपालस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषको बिहीबार बसेको बैठकले विभिन्न देश तथा शहरबाट आउनेका लागि उडान नियमित गर्न निर्णय गरेको हो।
मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको छ।
संक्रमित कम रहेका र पीसीआर परीक्षण सहज भएका मुलुकका लागि यस्तो व्यवस्था गर्न पर्यटन मन्त्रालयले प्रस्ताव गरेको थियो।
मन्त्रिपरिषदको बैठकले कुन दिनदेखि यस्तो उडान गर्ने भनेर निर्णय भने गरेको छैन।
उद्धार फ्लाईट नरोक्ने विशेष प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश
यसरी नेपाल आउने वायु सेवाले कुनै एउटा शहरबाट दैनिक एक वटा उडान गरी सातामा बढीमा सात उडानको अनुमति पाउन सक्ने व्यवस्था गरेको छ।
तर यस्तो यात्रा गर्ने व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट र नेपाल आएपछि क्वारेन्टिनमा बस्नका लागि होटलको बुकिङ गरेको हुनुपर्ने छ।
होटल बुकिङ र पीसीआर रिपोर्ट नभएका यात्री बोक्ने वायु सेवा निमगलाई कारबाही गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिइएको छ।
यसअघि विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनका लागि चार्टर्ड उडान मार्फत मात्रै गरिँदै आएको थियो। तर त्यस्ता उडान महंगो भएको भन्दै तीव्र आलोचना भएको थियो।
४ भदौ २०७७, बिहीवार २२:०८ बजे प्रकाशित





