नेकपा कार्यदलको पहिलो बैठक सम्पन्न

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा कार्यदलको बैठक सकिएको छ।
महासचिव विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा बसेको बैठक केही समय अघि सकिएको हो। बैठक मध्यान्ह साढे १२ बजेदेखि बसेको थियो।
बैठक विषय बस्तुमा प्रवेश गरे पनि कुनै निर्णयमा पुगि नसेको बुझिएको छ।
कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। कार्यदलले समस्या के हुन् र समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर प्रतिवेदन तयार पार्ने छ। कार्यदलको समयसीमा तोकिएको छैन।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार र शुक्रबारको छलफलपछि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।
महासचिव पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन्।
३२ साउन २०७७, आइतवार ०९:३८ बजे प्रकाशित