हारेजस्तो देखिन्छ, तर पार्टी बचाउन संयमता अपनाएका हौँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयपछि संवाद सुरु हुनु नै सकारात्मक भएको बताएका छन् ।

‘बैठकमै आउँदिन र जे निर्णय गर्न मन लाग्छ त्यही गर भनेको अवस्थामा छलफल सुरु हुनु राम्रै कुरा हो,’ प्रचण्डले भने, ‘बाहिरबाट हेर्दा हामी हारेजस्तो देखिन्छ।

तर, यो हारेको होइन हामीले संयमता अपनाएको हो। पार्टीलाई विधि प्रक्रियाअनुसार चलाउन हामीले चालेको कदम हो ।’

प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘हामी अपमानित भएर पनि सहेर बसेका छौँ। पार्टी एकता, परिवर्तन र जनआकांक्षाका जोगाउन सहेर बसेका हौँ।’

ओलीले केही हदसम्म आफ्नो गल्ती महसुस गरे पनि पूरै सहमतिमा आइनसकेको उनको भनाइ थियो।

पार्टीभित्रको विवादको कारण असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक अन्यौलमा परेको छ।

प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्न ओलीलाई दबाब दिँदै आएका छन्। ओलीले दुवै पद नछाड्ने तर अन्य विषयमा छलफल हुनसक्ने बताएका छन्।

बिहीबार बालुवाटारमा भएको छलफलमा ओली र महासचिव विष्णु पौडेलले प्रचण्डलाई सरकारका निर्णयहरु सचिवालय बैठकबाट अनुमोदन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, ओलीले आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गर्ने र त्यसको बदलामा पाँचै वर्ष प्रधानमन्त्रीमा ओली नै कायम रहेनगरी सहमतिको प्रस्ताव गरेका थिए ।

नेकपा विवाद समाधानका लागि कार्यदल समेत गठन भइसकेको छ ।

३२ साउन २०७७, आइतवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु