गोकुल बास्कोटालाई प्रम ओलीले भने- अढाइ वर्ष अझै वालुवाटारमै बस्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको अढाइ वर्ष वालुवाटारमै बस्ने बताएका छन् । पार्टीभित्र प्रचण्ड–माधव नेपाल पक्षले राजिनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीले सोमबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेर आफू अढाइ वर्षपछिमात्रै स्थायी बसोबासका लागि फर्किने बताएका छन् ।

बालकोटस्थित निजी निवासमा स्थायी बसोबासका लागि अढाइ वर्ष पछि फर्किन्छु भन्नुको अर्थ हो– अबको अढाइ वर्ष वालुवाटारमै बस्छु । उनले यसो भनेको भनेर जानकारी दिने पूर्व मन्त्री समेत रहेका नेकपाका नेता हुन गोकुल बास्कोटा ।
बताएका छन् ।

प्रचण्डसँगको वार्तापछि सिधै बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ‘अब कहिले आउने हो तपाई यहाँ बस्ने गरी’ भनेर सोधेका थिए । जवाफमा ओलीले भने‘अब अढाइ वर्षपछि ।

प्रधानमन्त्री ओलीले अढाइ वर्ष कार्यकाल पूरा गरिसकेका छन् । साढे दुई वर्षको बीचमा तेस्रो पटक बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओलीले भक्तपुरका बासिन्दा,जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल गरे ।

पत्नी राधिका शाक्यसहित बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका बास्कोटाले स्वागत गरेका थिए । रक्षाबन्धनका लागि बनेपामा रहेका बास्कोटा प्रधानमन्त्री आउने जानकारी पाएपछि हतार हतार फर्किएका थिए ।

प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको बास्कोटाले बताए । प्रधानमन्त्री आउने जानकारीपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु समेत बालकोट निवास पुगेका थिए ।

प्रधानमन्त्रीले उनीहरुसँग जिल्लामा कोरोना संक्रमणको अवस्था र कोरोनाविरुद्धको लडाइमा आवश्यक सहयोगको बारेमा जानकारी मागेका थिए । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र भक्तपुरका सांसद नेकपा नेता महेश बस्नेतसँग प्रचण्डसँगको पछिल्लो वार्ताबारे ठट्यौली गरेका थिए । बालुवाटारमा जेरी खाएर कुराकानी भएको भन्दै प्रधानमन्त्रीले भने ‘जेरी मीठो थियो, कुराकानी त उस्तै हो, भोलि फेरि हुन्छ ।’

१९ साउन २०७७, सोमवार १६:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु