४१८ जनामा कोरोना संक्रमण पुष्टि
१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।
१९ साउन २०७७, सोमवार १६:४० बजे प्रकाशित
 
						 




