कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस्, मैले माफी दिएँ : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको कलहले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको भन्दै सबैलाई पार्टी फर्किन आग्रह गरेका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई लक्षित गर्दै बाटो बिराएर बाहिर रहेकाहरूलाई माफी दिन तयार रहेको बताएका हुन् ।

‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस्, मैले माफी दिएँ,’ उनले भने । अध्यक्ष ओलीले आफू जनादेशका कारण नभई परमादेशका कारण बाहिरिनुपरेको पनि दोहोर्‍याएका छन् ।

‘हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिस्ट आन्दोलनमा धक्का लागेको छ । आफ्नै पार्टीको सरकार ढलेको छ,’ ओलीले भने, ‘हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन ।’

वरिष्ठ नेता माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका ओलीले बिहीबार सबैलाई माफी दिने घोषणा गरेका हुन् ।

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई दोस्रो वरियताको अध्यक्ष दिन पनि आफू सकारात्मक रहेको बताएका थिए ।

७ साउन २०७८, बिहीवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु