कोरोना अपडेट : २७१४ जनामा संक्रमण पुष्टि, १२८८ जना निको, २४ जनाको मृत्यु

७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ। यस्तै मृतकको कुल संख्या ९ हजार ६६१ पुगेको छ।

७ साउन २०७८, बिहीवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु