जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए ।

देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

६ साउन २०७८, बुधवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु