‘नेपाल आइडल’को चौथो सिजन सुरु हुँदै
६ साउन, काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ को नयाँ सिजन सुरु हुने भएको छ। नेपाल आइडलको चौथो सिजन चाँडै सुरु गरिने ‘नेपाल आइडल’ का निर्देशक सुरेश पौडेलले जानकारी दिए।
‘फेन्चाइजबाट चौथो सिजनका लागि हामीले अनुमति पाइसकेका छौँ। छिट्टै शो को सुटिङ सुरु गर्नेछौँ। सन् २०२१ भित्र नै शो सुरु हुनेछ’ पौडेलले भने।
पौडेलले भने ‘यसअघिका शोमा देखिएका निर्णायकहरुसँग गरेको सम्झौता सकिएको छ। साथै उहाँहरु पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ। जसकारण हामीले नयाँ जजहरु राख्ने निर्णय गरेका हौँ। तर निर्णायक को हुन्छ भन्ने कुरा फाइनल हुन सकेको छैन।’
यसअघिका तीनै सिजनमा न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकको रुपमा रहेका थिए। उनीहरु सबैजना नयाँ शो को निर्णायकको रुपमा अनुबन्धित भएका कारण पनि नयाँ निर्णायकको खोजी सुरु भएको हो।
कोरोना महामारीले ‘नेपाल आइडल’ को चौथो सिजन आउन ढिलाई भएको पौडेलले जानकारी दिए।
६ साउन २०७८, बुधवार १२:१९ बजे प्रकाशित