नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य उत्तम नेपालीको निधन

६ साउन, काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो ।

उनको परिवारमा दुई छोरीहरू छन् ।

६ साउन २०७८, बुधवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु