देउवाले पाए बिश्वासको मत, पक्षमा १६५, विपक्षमा ८३
राप्रपा र नेमकिपाका सांसदले मतदान गरेनन्

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट बिश्वासको मत पाएका छन ।
आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।
राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।
यो संगै देउवाले ढुक्कसंग सरकार चलाउन सक्नेछन् ।
३ साउन २०७८, आइतवार २२:१७ बजे प्रकाशित