संसदको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले मागे विश्वासको मत, यस्तो छ अङ्कगणित

३ साउन, काठमाडौँ । आजै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको पेस हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने निश्चित छ ।

यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज विश्वासको मत लिदैछन । गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।

पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपा उपेन्द्र यादवका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् ।

३ साउन २०७८, आइतवार १८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु