संसदमा मनलाग्दी, एउटै दलका सांसदहरु कोही प्रतिपक्ष, कोही सत्ता पक्षको कुर्सीमा

३ साउन, काठमाडौं । पुनस्थापित संसदको पहिलो दिन संसदमा एउटै दलका सांसदहरु कोही प्रतिपक्ष, कोही सत्ता पक्षको कुर्सीमा बसेका छन् । यसलाई कतिपयले मनलाग्दी भनेका छन् ।

खासमा कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर बसेको हो ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसे भने, बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसे ।

जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसे ।

प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् । पहिलो बैठकमा माधव नेपाल पनि उपस्थित रहेनन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बसिन ।

३ साउन २०७८, आइतवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु