प्रधानमन्त्री देउवाद्धारा संसदीय दलको बैठक आवहान

२ साउन, काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ ।

बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।उनका अनुसार बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै समसामयिक विषयमा छलफल हुनेछ।

‘कांग्रेस सरकारको नेतृत्वमा गएको छ। अब आगामी दिनमा गर्नुपर्ने काम, संसदमा निर्वाह गर्नुपर्ने भूमिका आदिबारे छ्लफल हुन्छ,’ भुसालले भनिन्। ‘दलको कार्यालयमा सामाजिक दूरी कायम गरेर मिटिङ बस्न गाह्रो हुन्छ। त्यही भएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राख्न लागिएको हो,’ उनले भने।

 

 

२ साउन २०७८, शनिवार १२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु