ओली समुहका नेता भटाभट माधव समुहमा, सांसद संख्या ४० पुर्याइने
काँग्रेसबाट भन्दा नेपाल पक्षबाट बढी मन्त्री बन्ने सम्भावना

सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा पनि मिल्न थालेको छ ।
उनले मन्त्री बनाएकाहरु नै छाडेर माधव नेपालको गुटमा जाने तयारीमा लागेका छन् ।
ओली सरकारमा मन्त्री भएका चार सांसदहरु गुट परिवर्तनका लागि खुट्टा उचालेर बसिसकेका छन् । उनीहरुले त्यसका लागि बार्गेनिङ्ग नै शुरु गरिसकेका छन् ।
यसरी गुट नै त्याग्ने प्रस्ताव लिएर बढेकामा उनी ओली सरकारमा मन्त्री भएका थिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए माधव नेपाल गुटमा जाने गरी पूर्वमन्त्रीहरुले तयारी थालेका छन् ।
गुट परिवर्तनका लागि तयार भएका कतिपय ओलीनिकट सांसदहरुले मन्त्री पद मागेका छन् ।
देउवाले विश्वासको मत पाउनका लागि भए पनि माधव नेपाल पक्षबाट धेरै भन्दा धेरै सांसदलाई मन्त्री बनाउनुपर्ने अवस्था बनेको छ ।
यसकारण पनि यसपटक काँग्रेसबाट भन्दा पनि नेपाल पक्षबाट बढी मन्त्री बन्ने सम्भावना देखिएको छ ।
२ साउन २०७८, शनिवार ०९:२८ बजे प्रकाशित