१० बुँदे सहमतिमा माधव नेपाल असन्तुष्ट
२७ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल १० बुँदे सहमतिमा असन्तुष्ट भएका छन् ।
एमाले विवाद समाधान गर्न गठित कार्यदलमा १० बुँदे सहमति भएको छ ।
त्यसमा नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने खालका शब्द प्रयोग भएको भन्दै असहमति जनाएका हुन् ।
सर्वोच्चको फैसलापछि पार्टीले संस्थागत रुपमा निर्णय गरेर एमाले नेतृत्वको सरकारको संवैधानिक निरन्तरताका लागि सामुहिक प्रयत्न्न गर्ने खालको शब्द रहेको उनले बताएका हुन् ।
मस्यौदामा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख छैन ।
तर एमाले एकताबद्ध भएपछि कुनै पनि गठबन्धनमा एमाले नरहेको प्रष्ट हुने खालको आशय व्यक्त गरिएको छ । त्यसमा नेपाल अशन्तुष्ट छन् ।
माधव नेपालले अदालतलाई असर पार्नेगरी सहमतिको प्रचार भएको प्रतिक्रिया दिएका छन् ।
नेता नेपाले जनादेशखबरसंग छोटो प्रतिक्रिया दिए, ‘अदालतलाई असर पार्नेगरी सहमतिको प्रचार भयो ।’
२७ असार २०७८, आइतवार २३:०० बजे प्रकाशित





