माओवादी केन्द्र खारेज गर्न माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
लामो समयसम्म अधिवेशन नगरेकोले माओवादी केन्द्र स्वतः अवैधानिक भएको र आफूहरुमाथि गरिएको कारबाही पनि अवैध भएको दावी गर्दै पूर्व माओवादीका रामबादुर थापा (बादल)सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् ।
बादलको साथमा लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता पनि आयोग पुगेका छन् ।
माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो रु जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।
माओवादी केन्द्रले आफूहरूलाई गरेको कारवाही पनि अवैध भएको उनीहरूको दावी छ ।
२३ असार २०७८, बुधवार १४:५१ बजे प्रकाशित