एमाले केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे बस्दै

१९ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिबार अपराह्न ३ बजे बालुवाटारमा बस्ने भएको छ ।

पार्टीका साङ्गठनिक काम कारबाही साथै आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ ।

छलफलमा माधव नेपाल समूहलाई पनि बोलाइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने बैठकमा सहभागी हुन नेपाल पक्षलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन माधव नेपाल र झलनाथ खनालसहितका २३ नेतालाई अध्यक्ष ओलीले २ दिनको समय पनि दिएका छन् ।

१९ असार २०७८, शनिवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु